क्वाटरफाइनल समिकरण पूूरा, कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडाैं, असार २० । रुस विश्वकपको क्वाटरफाइनल समिकरण पूूरा भएको छ । मंगलबार राति टाइब्रेकरमा कोलम्बियालाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा पुुगेसँगै समिकरण पूूरा भएको हो । क्वाटरफाइनलमा फ्रान्स र उरुग्वे, ब्राजिल र बेल्जियम तथा रुस र क्रोयसिया भिड्ने छन् ।

टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गरेको इंग्ल्याण्डले अब स्वीडेनसँग खेल्नेछ । इंग्ल्याण्डको जीतका लागि ह्यारी केन, मार्कोस ¥यासफर्ड, केइरन ट्रिपियर, इरिक डायरले गोल गरे । जोर्डन ह्यान्डर्सनको प्रहार भने कोलम्बियाका गोल रक्षकले रोकेका थिए । कोलम्बियाका राडामेल फल्कायो, जुवान क्वाड्राडो, लुुइस मुुरिलले गोल गरेपनि कार्लोस बाक्काको पेनाल्टी पोलमा लाग्यो भने मेट्युस युरिबको इंग्ल्याण्डका गोल रक्षकले रोकेका थिए ।

त्यसअघि निर्धारित समयकै अतिरिक्त तेश्रो मिनेटमा कोलम्बियाका यारिमिनाले गोल गर्दै खेल बराबरी गरे । उनको गोलसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयमा खेलको नतिजा नआएपछि ३० मिनेट अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि खेल टाइब्रेकरमा पुुगेको हो । खेलको ५७ औं मिनेटमा ह्यारी केनको गोलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्डले अग्रता लिएको थियो ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गतको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा केनले पेनाल्टी मार्फत गोल गरेका हुन् । केनलाई काेलम्बियाका खेलाडीले डिबक्समा लडाएपछि इंग्ल्याण्डले ५७ औं मिनेटमा पेनाल्टी पायो । यो विश्वकपमा केनले सर्वाधिक ६ गोल गरेका छन् । मस्कोमा रहेको स्पार्टक रंगशालामा समूह एच को विजेता कोलम्बियाले समूह जी को उपविजेता इंग्ल्याण्डलाई अन्तत रोक्न सकेन ।

पहिलो खेलमा ट्युनिसियालाई २–१ तथा दोस्रो खेलमा पानामालाई ६–१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *