विश्वकप: क्वाटरफाइनल समीकरण पुरा, अबका टाेली र समय यस्ताे छ

काठमाडाैं, असार २० ।  रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ । मंगलबार रातिबाट प्रि- क्वाटरफाइनल खेल सकिएसंगै विश्वकपको क्वाटरफाइनल समीकरण पुरा भएको हो ।

रुसमा जारी २१ औं संकरणको विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यो विश्वकपमा ठुला राष्ट्र अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको, जापान, स्विजरल्याण्ड र कोलम्बियाले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

विश्वकपको क्वाटरफाइनल खेलहरु असार २२ (शुक्रबार) बाट सुरु हुनेछ । पहिलो दिन दुई क्वाटरफाइनल खेल हुनेछ । यस्तै दोस्रो दिन पनि दुई खेल नै हुनेछ ।

पहिलो क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सले प्रतिस्पर्धा गर्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।  शुक्रबार नै दोस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा ब्राजिल र बेल्जियम खेल्ने छन् । ब्राजिल र बेल्जियमबीचको खेल राति ११:४५ मा सुरु हुनेछ ।

यस्तै तेस्रो र चौथो क्वाटरफाइनल खेल असार २३ गते हुनेछ । तेस्रो क्वाटरफाइनलमा स्विडेन र इंग्ल्यान्डले खेल्ने छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

विश्वकपको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आयोजक रुस र क्रोएसियाले खेल्ने छ । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *