प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा कोलम्बिया र इंग्ल्याण्ड भिड्दै

काठमाडाैं, असार १९ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत पौने १२ बजे प्रि–क्वाटरफाइनलको अन्तिम खेल सुरु भएको छ । क्वाटरफाइनल प्रवेशका लागि कोलम्बियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

मस्कोमा रहेको स्पार्टक रंगशालामा कोलम्बियाले युवा खेलाडीले भरिएको इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्ड समूह जी को उपविजेता तथा कोलम्बिया समूह एच को विजेताको रुपमा अन्तिम ८ मा आएका हुन् ।

पहिलो खेलमा ट्युनिसियालाई २–१ तथा दोस्रो खेलमा पानामालाई ६–१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएको थियो ।

 

कोलम्बिया भने पहिलो खेलमा जापानसँग २–१ ले हारेको थियो । उसले दोस्रो खेलमा पोल्याण्डलाई ३–० तथा तेस्रो खेलमा सेनेगललाई १–० ले हरायो ।

मंगलबारको खेलपछि रुस विश्वकपमा क्वाटरफाइनल समिकरण पूरा हुनेछ । यो खेलको विजेताले क्वाटरफाइनलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार पौने ८ बजेको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *