स्विजरल्यान्डलाई हराउँदै स्विडेन क्वाटरफाइनलमा

काठमाडौं, असार १९ । स्विडेन विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । मंगलबार राती भएको अन्तिम १६ को खेलमा स्विडेनले स्विजरल्यान्डलाई १–० गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । स्विडेनको जितमा स्ट्राइकर एमिल फोर्ब्सबर्गले गोल गरे ।

६६ औं मिनेटमा फोर्ब्सबर्गले डीबक्स बाहिरबाट गरेको प्रहार स्विजरल्यान्डका डिफेन्डर मानुयल अकान्जीको खुट्टामा लागेर गोलपोष्टमा छिरेको थियो । २६ वर्षीय फोर्ब्सबर्गको यो ७ औं अन्तराष्ट्रिय गोल हो । उनी जर्मन क्लब आरबी लैपजिगका लागि खेल्छन् ।

स्विडेनले इङ्ल्यान्ड र कोलम्बियाबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्ने छ ।

स्विडेनले सन् २००६ पछि पहिलोपटक विश्वकप खेलिरहेको छ । प्रिक्वाटरफाइनलको अन्तिम खेल इङ्ल्यान्ड र कोलम्बियाबीच आजै राती पौने १२ बजे हुने छ ।

हारपछि सन् १९५४ पछि विश्वकपको क्वाटरफाइनल पुग्ने स्विजरल्यान्डको सपना यसपटक पनि अधुरै रह्यो। प्रतियोगितामा यसअघि फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा पुगिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *