धर्मान्तरणको चपेटामा हिन्दुराष्ट्र नेपाल

केन्याका पूर्व राष्ट्रपति जो मो कन्येटाको भनाई छ  “जव ईसाई मिसिनरी अफ्रिका आयो त्यसवेला हामी संग जमिन र ईसाई संग वाईवल थियो । ईसाईले हामीलाई आँखा बन्द गराई प्रार्थना गर्न लगायो । जव हामीले आँखा खोल्यौं हाम्रो जमिन उनिहरु संग थियो भनें हाम्रो हातमा वाईवल ”

स्वधर्म भनेको राष्ट्रिय जीवन मूल्यको रक्षा गर्नु हो । जसले धर्मको रक्षा गर्दछ धर्मले उसैको रक्षा गर्दछ । व्यक्तिको पहिचान उसको कुल, धर्म, संस्कार, संस्कृति र परम्परासंग जोडिएको हुन्छ । अनादिकाल देखि अाफ्ना पुर्खाले सुरक्षित र संरक्षित गर्दै हामीलाई सुम्पिएको हाम्रो परम्परा र संस्कृतिको रक्षा गर्नु हाम्रो कर्तव्य हो जसमा हाम्रो पहिचान गाँसिएको हुन्छ ।

कुलको नास भनेको सनातन धर्मको नास हो र धर्मको नास भए पछि समष्टि कूल वंशमा पाप फैलन्छ र सबै कुरा नष्ट भएर जान्छ । नेपाल राष्ट्रको आत्मा भनेको स्वधर्म, संस्कृति, परम्परा, कुलधर्म हो जसको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।

“वसुदैव कुटुम्वकम्” ले अर्काको अस्तित्वलाई सम्मान गर्दै विश्व रक्षा गर्ने मार्ग दर्शन गर्दछ र आजको विश्वव्यापीकरणको युगमा व्यक्ति देखि परिवार, समाज, राष्ट्र र विश्व एक आपसमा अन्योन्याश्रीत भैसकेका छन । प्रकृति प्रदत्त हरेक बस्तुको उपभोग र संरक्षण दुवै उत्तिकै कर्तव्य अन्तर्गत पर्दछन् । चराचर जगतको सह–अस्तित्वलाई स्विकार गर्दै मोक्षका विविध मार्ग प्रति हामी विश्वास गर्दछौं ।

त्यसैले धार्मिक स्थल, भौतिक सम्पदा, धार्मिक ग्रन्थहरु, परम्परा र संस्कृतिको मूल्य र मान्यता नै हाम्रा धरोहर र पहिचान हुन् जसमाथि आज बिधर्मीहरुले आक्रमण गरी हाम्रा व्यक्तिगत, पारिवारीक, सामाजिक र राष्ट्रिय साझा पहिचानहरु नष्ट गर्न लागेका छन्; त्यसको प्रत्याक्रमण गर्दै हाम्रा आस्था र श्रध्दाकेन्द्रहरुको संरक्षण र संवर्धन गर्नु हामी प्रत्येक नेपालीहरुको पहिलो कर्तव्य हुन पुगेको छ ।

प्राचीन सर्वश्रेष्ठ देव संस्कृति अर्थात वैदीक सनातन धर्मव्दारा प्रदत्त उत्कृष्ठ जीवन पध्दती नै हाम्रो सनातन धर्म हो जसले हाम्रो समाजको धर्म, संस्कृति, संस्कार, परंपरा, सभ्यता, कुलवंश र मौलिक परंपराको रक्षा गरेको छ । क्रुर अतिवादी र उग्रपन्थीले आज हाम्रो स्वधर्म र संस्कृति माथि वालात् आक्रमण थालेका छन् । हामी अझै पनि कसले बिगार्छर हाम्रो धर्म ? भनी मख्खै छौं तर ढिला भईसक्यो ।

पाश्चात्य मुलुकमा परिवर्तन र युगका नाममा स्वधर्म नष्ट गर्दाका अत्यन्त पिडादयी उदाहरणहरु हाम्रो सामु छरिपष्ट छन् । त्यसैले हाम्रो पहिचान कायम राख्न हाम्रा संस्कृति, कला, परम्परा अनि हिन्दू, बौध्द, किराँत, मुस्लिम आदि मौलिक धर्महरुको रक्षा गर्नु अपरिहार्य भएको छ ।

हाम्रो मौलिक धर्म र पहिचानको नष्ट तर्फ दृष्टिगोचर गर्दा संविधानका कतिपय अन्तरबस्तुहरु नियाल्दा नेपालको संविधान २०७२ देश र जनताका लागि बन्नु पर्नेमा “संविधानका लागि देश र जनता” बनाइएको जस्तो देखिन्छ । २०६२/०६३ को जनआन्दोलनले चाँहदै नचाहेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता सोही आन्दोलनको दम्भका रुपमा लादिएको स्पष्ट छ ।

गत स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणामलाई स्लोप्वाइजनका रुपमा बैधानिकताको वाटोवाट छिराउदै सर्वसत्तावाद तर्फ  देशलाई उन्मूख गराईदै गएको आभाष हुन्छ । आज एकातर्फ विधिको शासन उपेक्षित हुदै गएको छ भनें अर्को तर्फ भ्रष्टाचार, मनपरितन्त्र, ठालुवाद, स्वेच्छाचारिता, चरम गूट र उपगूटको खेलमा राजनीति नै तमासा भएको छ ।

धर्म, संस्कार, संस्कृति, क्षेत्रीय, जातीय, भाषीक लगायत बिभिन्न वहानामा जनता बिच फुट र आपसी व्दन्द श्रृजना गराएर नयाँ नेपाल भनिएको बिगुल १७ औं सताव्धि तर्फ फर्काइएको छ । नेपालको ऐतिहासिकता, नेपाली श्रृष्टिवाट श्रृजित मौलिक र आध्यात्मिक प्रेरणा र सत्मार्ग, पहिचान र नेपालको उदय देखि स्थापित मुल्य र मान्यता, प्राकृतिक एवं मौलिक मार्ग दर्शन र कानुनी प्रारुपहरुको ईमान्दार परिपालना र कार्यान्वयन लत्याईएको छ । यिनै कारणहरुले गर्दा आज राष्ट्र असुरक्षित बन्दै गएको छ जसको कारणले हामी एकै चिहान बन्नु पर्ने त होईन ? आज हामी सतर्क हुन बितिसकेको छ ।

देवी, देवता, आमा, बुवा, गुरुहरुको पूजा गरेर आशिर्वाद प्राप्त गर्दै नयाँ युगको विजन रोपेर गोडमेल, मलजल र सिंचन गरी मात्र मानव कल्याणका लागि उत्पादन र उपभोग गर्नु हाम्रो प्रथम मानवीय दाईत्व हो । भौतिकवाद मात्रको अविनासी भावना बोकी आडम्वरीय सुख सयल मात्रको भ्रममा फसेर पापै पापको भूमरी भित्र स्वयं एक नासवान शरिरले रमाँउदैछु भनी आध्यात्मिकता जो सत्य हो, त्यसलाई अन्धविश्वास भन्दै आत्मा धुने र सङ्गल्याँउने बिषयलाई परित्याग गर्नु मानव कल्याण विपरित दुश्कर्म भएकाले आध्यात्मिकताको आँखाले भौतिकताको परिशीलन गर्नु आजको अपरिहार्यता हो ।

आफ्नै भाषा, धर्म, संस्कार, परंपरा, मूल्य, मान्यता, ईतिहास र आफ्नै बिशेषतायुक्त बिबिध सांगठनिक संरचनाले हाम्रो राष्ट्र सजेको छ , निर्माण भएको छ । यिनै निरन्तरताको सत्यतामा यहाँको विकास र परिवर्तन संभव हुन्छ जहाँ कृत्रिम हस्तक्षेपहरु कतिपय अवस्थामा हाम्रो समाज र राष्ट्रका लागि घातक सिध्द हुनसक्छन् जसलाई नेपालको संविधान २०७२ ले ध्यान पुर्याँउन सकेको छैन ।

आज धर्मान्तरणका नाममा राष्ट्रान्तरणको गहिरो एवं भयंकर डरलाग्दो षडयन्त्र थालिएको छ । कतिपय इसाई राष्ट्रहरुले धर्मान्तरणका माध्यमवाट नेपालको सद्भाव खल्वल्याँउदै राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाभिमान र अखण्डता माथि प्रहार गर्दै विखण्डन गरी मानव सभ्यता र श्रृष्टी अन्त्य गर्ने ब्यापारिक षडयन्त्र भएको छ । विधर्मीहरुको मूल उदेश्य भनेको विश्वमा हिन्दूराष्ट्रको पहिचान बोकेको एक मात्र देश नेपालमा धर्मान्तर्ण गर्दै पारिवारिक सोहार्द्रपूर्ण जीवनमा विग्रह पैदा गरी पुख्र्यौली धर्म, संस्कार नष्ट गर्नु रहेको छ ।

किनभनें इसाई वनाए पछि उनिहरुले तिनै हाम्रा परिवारका व्यक्तिहरुवाट हाम्रा आस्थाका केन्द्रविन्दूहरु, तीर्थस्थलहरु, मठ, मन्दिर, चैत्य, गुम्वाहरुको विध्वम्स गर्दै गौवंशको हत्या तथा हाम्रा महापुरुषहरु प्रति अपमान गराँउने छन् जसवाट समाजमा शत्रुताको प्रारम्भ संगै सामाजिक संघर्ष शुरु गराँउने छन् । हाम्रा चेलीवेटीहरु माथि वालात् अत्याचार र अपहरण गराँउने छन् र देशद्रोही एवं आतंकवादी संगठनहरुको निर्माण हुनेछ ।

त्यसैले आजै हामी सबै मिलेर स्वधर्मको छहारीमा संगठित भई शक्तिशाली बन्ने बेला आएको छ जुन शक्तिवाट हाम्रो धर्म, संस्कार र संस्कृति जोगिने छ, मौलिक जीवन मूल्य र पध्दतिको रक्षा हुने छ । त्यसै गरी हामी माथिको आक्रमण प्रतिको प्रतिरोध तथा देशद्रोही र आतंकवादी संगठनहरुको रोकथाम हुनेछ जसवाट देशको आर्थिक समृध्दि, राष्ट्रिय एकता र अखण्डताको रक्षा तथा सर्व सम्पन्न नेपालको निर्माणमा अनुकुल वातावरण श्रृजना हुनेछ ।

आफ्ना पुर्खा देखि चलिआएको धर्म, संस्कार, संस्कृति, परंपरा र रितिरिवाज प्रति दृढ आस्था राख्दै हाम्रा यी धरोहर हरुलाई उत्साहपूर्वक उत्सवका रुपमा मनाँउदै नयाँ पिँढीलाई यसको महत्व बुझाँउदै बिभिन्न प्रलोभन, डर, भ्रम आदिमा चलेको विधर्मी षडयन्त्र प्रति परिवार र गाँउ, टोलहरुलाई सचेत गराँउनु र धर्मान्तरीत भएका हाम्रा वंशलाई स्वधर्ममा ल्याँउन सुध्दिकरणको बाताबरण गर्दै विधर्मीहरु बिरुध्द कडा रुपले सामना गर्नु पर्ने बेला आएको छ ।

आजको सन्दर्भमा धार्मिक बिषयलाई लिएर कतिपय विव्दान महापुरुषहरुलनई संझनु पर्ने हुन्छ । धर्मान्तरण र ईसाईहरुका बारेमा अमेरिकी पूर्व राष्ट्रपति थोमस जोफर्सनले भनेका छन  “क्रिश्चियन धर्मले शुरुआत देखि नै सबैलाई क्रिश्चियन बनाँउन लाखौं निर्दोष मानिसलाई अमानवीय यातना दियो, कतिलाई जेल नेल ठोक्यो, कैयौंलाई जिउदै आगोमा होमियो, कैयौंलाई मानसिक प्रताडना दिईयो तर पनि संसार भरीका मानिसलाई क्रिश्चियन बनाँउने कुरा एक ईन्च प्रगति भएन” । उनैको भनाई छ  “संसार भरीका मानिसहरुलाई क्रिश्चियन बनाँउन खोज्दा क्रिश्चियन धर्मले विश्वको आधा जनसंख्यालाई ढाँटेर, छलेर, दिग्भ्रमित पारेर मूर्ख बनाँउने दुष्प्रयास गर्यो भनें आधा जनसंख्यालाई पाखण्डी वनायो” ।

त्यस्तै केन्याका पूर्व राष्ट्रपति जो मो कन्येटाको भनाई छ  “जव ईसाई मिसिनरी अफ्रिका आयो त्यसवेला हामी संग जमिन र ईसाई संग वाईवल थियो । ईसाईले हामीलाई आँखा बन्द गराई प्रार्थना गर्न लगायो । जव हामीले आँखा खोल्यौं हाम्रो जमिन उनिहरु संग थियो भनें हाम्रो हातमा वाईवल ” । डा. भिम राव अम्वेडकर को भनाई छ “ईसाई वने पछि त्यो मानिस अराष्ट्रिय बन्दछ र ईसाई वने पछि पनि जातिवाद एवं छुवाछुत मेट्न सक्दैन ।”

त्यसैले विश्वका चर्चित राजनेता र स्वामिहरुको उल्लेखित भनाईहरु लाई स्विकार गर्नै पर्ने हुन्छ कि राष्ट्रको प्राण स्वधर्म हो, यसको भाषा–भाव धर्म हो । ईसायी भएर न त आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक उन्नति नै हुन्छ न त जातीवाद र छुवाछुतको अन्त्य नै । नेपालको बढ्दो धर्मान्तरणले हाम्रो सनातन वैदिक धर्म त असुरक्षित बन्छ नै हाम्रो जातीय सद्भाव, पारिवारीक–सामाजिक र राष्ट्रिय एकता भित्र द्वन्द्व फैलिएर जानेछ जस्को चपेटामा हामी स्वयं पर्ने छौं । स्वधर्म, संस्कृति, सभ्यता नै राष्ट्र रक्षाको कवच भएकोले यसको रक्षावाट मात्र हामी जोगिन सक्ने छौं ।

आज चारै वेदले अवध्य भनी घोषित गरिएको गौमाताको हत्या गर्ने प्रकरणहरु समेत यिनै बिधर्मीहरुको धर्मान्तरणको प्रयास हो । त्यसैले समय मै सचेत बनौं कि अव तपाई हामीले विश्वास गरेका पार्टीहरुले हाम्रो धर्म, संस्कार, संस्कृतिको रक्षा गर्ने छैनन बरु बिदेशी डलरमा बिक्री गरिदिने छन् , तपाई हामी स्वयं जागौं र स्वयंको रक्षा स्वयं गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *