डा. केसीमाथि सरकारको व्यवहार निरंकुशताको पराकाष्टा –गगन थापा

काठमाडौँ, असार १९ । नेपाली कांग्रेसका नेता गगन थापाले गोविन्द केसीमाथिको व्यवहार निन्दनिय भएको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै नेता थापाले गोविन्द केसीमाथि सरकारको व्यवहार राजा ज्ञानेन्द्रको निरंकुशता भन्दा कम नभएको बताए ।

उनले चिकित्सा क्षेत्रको वेथिति अन्त्य गर्न सरकारले तत्काल डाक्टर गोविन्द केसीका मागहरु सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । डाक्टर केसीले आफ्ना लागि आन्दोलन गरेको नभई नेपाली जनताको भलाईको लागि गरेको बताउदै जनताको पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए ।

नेता थापाले केसीका माग जस्ताको तस्तै सम्बोधन गर्न सरकारसंग आग्रह समेत गरेका छन् । आन्दोलनको चौथो दिनसम्म पुग्दा डा.केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उनको उपचारमा सघाउन समेत सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *