दुर्घटनामा छ भारतीयको मृत्यु

इटहरी, असार १९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा अरु तीनजना भाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

गएराति कोशी ब्यारेजबाट सुनसरी सदरमुकाम इनरुवातिर आइरहेको उक्त भारतीय गाडी सडकबाट पानीमा खस्दा ती यात्रुको मृत्यु भएको हो ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारत विहार राज्यको सुपौल जिल्ला लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्रकुमार, सात वर्षीय गुनुकुमार, ४१ वर्षीय सञ्जिवकुमार र ३० वर्षीया कञ्चनकुमारी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका नीलुदेवी पोद्दार, आदिकुमार र ललन कुमारको विराटनगरस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *