चितवन र दाङमा राइटपाथले शैक्षिक मेला गर्दै

काठमाडौं, असार १९ । Abroad Study का लागि काम गर्दै आएको राइटपाथ करियर काउन्सेलिङले शैक्षिक मेला गर्ने भएको छ । राजधानी पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सेलिङले चितवन र दाङमा शैक्षिक मेला गर्ने भएको हो ।

राइटपाथ करियर काउन्सेलिङका सिइओ फिलिप डिसीले आउँदो जुलाइ २३ (असार ७) मा चितवन र जुलाइ ९ (असार २५) गते दाङमा शैक्षिक मेला गर्न लागिएको बताए ।

कक्षा १२ काे परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको शैक्षिक मेलामा विद्यार्थीले Abroad Study का विविध विषयमा जानकारी हासिल गर्न सक्नेछन् ।

‘कक्षा १२ उत्तिर्ण गरेर ब्याचलर गर्न तथा विदेश गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई घरआँगनमै शैक्षिक परामर्श दिन चितवन र दाङमा शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।’ उनले भने ।

शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलिया, क्यानडा, बेलायत, इण्डियाका उत्कृष्ट विश्वविद्यालय र कलेजका विषयमा विज्ञ परामर्शदाताहरुबाट परामर्श लिन सक्ने ब्यवस्था गरिएको छ ।

शैक्षिक मेलामा विद्यार्थीले Abroad Study मा जाँदा अपनाउनु पर्ने सावधानी, भिसा प्रक्रिया, लागत, भाषिक दक्षता लगायत कानुनी प्रावधानका बारेमा जानकारी हासिल गर्न सक्छन् । यसैगरी छात्रबृत्ति, डकुमेन्टेसनका विषयमा समेत जानकारी पाउन सक्नेछन् ।

उक्त शैक्षिक मेलामा अष्ट्रेलियाको क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन इन्टरनेशनल कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, रेन्सफोर्ड कलेज, भाइब कलेज, क्यानडाको एफडियू विश्वविद्यालय, बेलायतको विपिपि विश्वविद्यालय, इण्डियाको सेन्च्युरियन विश्वविद्यालय लगायत १० ओटा कलेजहरुको सहभागिता रहने छ ।

मेलामा आउने विद्यार्थीको शैक्षिक, आर्थिक डकुमेन्ट हेरेर कतिपय कलेजले अन द स्पट छात्रबृत्ति समेत दिने ब्यवस्था गरिएको आयोजक राइटपाथ करियर काउन्सेलिङले बताएको छ । भने, शैक्षिक मेलामा आउने विद्यार्थीलाई आकर्षक गिफ्टको समेत ब्यवस्था गरिएको छ ।

राइटपाथले शैक्षिक मेला लगत्तै चितवनको नारायणघाट र दाङको तुल्सीपुरमा आफ्नो शाखा समेत विस्तार गर्ने राइटपाथका काउन्सलर सम्राटसिं ठकूरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *