अवैध कल वाइपासमा संलग्न एक जना नियन्त्रणमा

काठमाडौं,असार १९ । अवैध कल वाइपासमा संलग्न एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका–३२ शुभकामना मार्गस्थित एक घरमा सञ्चालित अवैध कल बाइपास सेन्टरमा प्रहरीले छापा मारेपछि कल बाईपास सेन्टर सञ्चालक जफर खानलाई प्रहरीले नियन्त्रणमा लिएको होे ।

२४ वर्षीय भारतिय नागरिक जफर खानले अवैध रुपले दूरसञ्चार सेवा प्रदायकहरुको सिमकार्ड प्रयोग गरेर विगत केही महिना देखि विदेशबाट आउने अन्तर्राष्ट्रिय कल भ्वाईस ओभर इन्टरनेट प्रोटोकोल (भिओआईपी) मार्फत नेपाल भित्र्याएर गैरकानुनी कार्य गर्दै आएका थिए ।

केन्द्रिय अनुसन्धान ब्यूरोका अनुसार प्रहरीको छापा लगत्तै जफरको कोठाबाट ३२ पोर्टको ३२ वटा एन्टिना भएको जिओआईपी गेटवे एकथान, डि–लिंक कम्पनीको राउटर एक थान, ल्यापटप, १२० थान एनसेलका सिमकार्ड, २ थान स्मार्ट सेलका सिम, मोवाईल तथा विभिन्न ब्यक्तिहरुका १४५ थान फोटो बरामद गरिएको छ ।

ब्युरोले दुरसञ्चार ऐन २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर यस घटनामाथि थप अनुसन्धान गरिरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *