“””नेयमारबाट लज्जित छु, भुइँमा लडिबुडी गर्छन् म बुझ्नै सक्दिँन”””

अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको घर फिर्तीपछि विश्वकै महङ्गो खेलाडी नेयमार विश्वकपमा बाँकी सम्भवतः एक्लो सुपरस्टार हुन् ।

सोमबार मेक्सिकोलाई अन्तिम–१६ को खेलमा २–० ले पराजित गर्ने क्रममा ब्राजिलका लागि नेयमार उत्कृष्ट ठहरिए । तर, तटस्थहरुका बीच भने उनी फेरि अलोकप्रिय बने ।

खेलका दौरान उनको योगदान राम्रो थियो । त्यहाँ कलामय स्टेप ओभर थियो, चलाखीपूर्ण ब्याकहिल थियो जसले ब्राजिलको पहिलो गोलका लागि ढोका खोल्यो ।

तर, त्यहाँ बेलाबेला नाटकीय प्रस्तुति थियो जसबारे तपाईंको आफ्नै धारणा हुनसक्छ – त्यो विपक्षीमाथि केही फाइदा लिने ‘प्रयास’ थियो वा गलत व्यवहार थियो जसले फुटबलको मान्यतालाई नै स्खलन गर्छ ।

मेक्सिकोबिरुद्धको खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी छँदा नेयमारले फेरि यस्तो नाटकीय हर्कत देखाए । जसले खेल केही बेर रोकियो, पूरै विश्व आश्चर्यमा पर्यो ।

मेक्सिकोका फुलब्याक मिगुएल लायुनले ब्राजिलयन खेलाडीको खुट्टामा टेक्न पुग्छन् । लगत्तै नेयमार आफू अहिलेसम्मकै ठूलो पीडामा भएको जस्तो गरेर छट्पटाउन थाल्छन् ।

यसबाट स्थिति तनावपूर्ण हुन्छ, उनका समकक्षी, मेक्सिकोका खेलाडी, रेफ्री र उनको एसिस्टेन्ट, चौँथो अफिसियललगायत सबै यसमा तानिन्छन् ।

मेरो छेउमा नै जर्मनीका पत्रकार थिए । उनले भने, ‘यी हुन् नेयमार !’

यसका बावजुद पनि नेयमार र ब्राजिल अन्तिम आठमा प्रवेश गरेको छ । अब शुक्रबार बेल्जियमसँग भिड्नेछन् ।

खेलका लागि २६ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्ड फिफाद्वारा प्लेयर अफ द म्याच पनि चुनिए । अवार्डको विजेता भएपछि उनले अन्तरवार्ता पनि दिनुपर्छ ।

जब नेयमारले लायुनसँग भएको घटनाबारेको प्रश्नको जवाफ दिनै लागेका थिए ब्राजिलका प्रशिक्षकले उनलाई बीचैमा रोक्दै भन्छन्, ‘उसले नेयमारलाई टेकेकै थियो, मैले स्क्रिनमा देखेको थिएँ ।’ त्यसपछि नेयमारले थप्छन्, ‘हेर्नुहोस्, यो मेरो अवमूल्यन गर्ने प्रयास भन्दा अरु केही होइन ।’

‘म आलोचना वा तारिफमा धेरै ध्यान दिन्न किनभने यसले तपाईंको दृष्टिकोणलाई परिवर्तन गर्न सक्छ । पछिल्लो दुई खेलमा मैलै प्रेससँग कुरा गरिँन किनभने मलाई मन थिएनँ,’ उनले भने, ‘म मात्र खेल्नुपर्छ, मेरो समकक्षी र मेरो टोलीलाई सहयोग गर्नुपर्छ ।’

यता, मेक्सिकोका प्रशिक्षक हुवान कार्लोस ओसोरियोलेले खेलपछि भने, ‘यो फुटबलको लागि लज्जाको विषय हो । यो खेलको लागि नकारात्मक उदाहरण हो, कलंक हो ।’

एस्टन भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिनले भने, ‘नेयमारबाट म लज्जित छु ।’

‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् तर उनी भुइँमा यसरी लडिबुडी गर्छन्, त्यो म बुझ्नै सक्दिँन ।’

नेयमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । रुसमा उनको तथ्यांक हेरेरै थाहा हुन्छ:

– गोलका लागि प्रहार सबैभन्दा धेरै ९२३०, लक्ष्यमा प्रहार ९१२०

– गोलका लागि सबैभन्दा धेरै अवसर सृजना ९१६०

– सबैभन्दा धेरै ड्रिबलको प्रयास ९४००

– सबैभन्दा धेरै फल खाएको ९२३०

मेक्सिकोबिरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो छैटौँ गोल गरे ।

यो कोशेढुंगासम्म पुग्न उनलाई मात्र ३८ प्रयास आवश्यक भयो जबकी मेस्सीले ६७ पटक गोलमा प्रहार गर्नुपर्यो भने रोनाल्डोले ७४ पटक ।

नेयमारबारे सकारात्मक र नकारात्मक टिप्पणी दुवै छन् । इन्सटाग्राममा मात्र उनले १० करोड फलोअर्स रहेका छन् । खेलपछि उनले गरेको पोष्टले १५ मिनेटमा १० लाख लाइक पायो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =