विश्वकप फुटबलमा अवैध रुपमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

काठमाडौँ, असार १९ । विश्वकपमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विश्वकप फुटबलमा प्रतियोगितामा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौँ महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *