बस्ती डुबानमा परेपछि सुस्तावासीले भत्काए भारतीय गण्डक बाँध

नवलपरासी, असार १९ । गण्डक बाँधका कारण वर्षातको पानी निकास नहुँदा सयौँ विगाहा जमिन र बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले गण्डक बाँ भत्काएर पानी निकासा गराएका छन् ।

सुस्ता गाउँपालिका–२ गुडरियास्थित नहरको बाँध मंगलबार बिहान भत्काएर बस्तीको पानी नहरमा हालिएको हो ।

खेतमा बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध भत्काएर स्थनीयले पानी नहरमा मिसाएका हु्न् ।

पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप बर्षा हुँदा बाढी गाउँमा पस्ने गरेको भन्दै बाँध भत्काउन बाध्य भएको स्थानीयले बताएका छन् ।

गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने भएपनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।

गतवर्ष पनि सुस्ताका स्थानयीले बाँध भत्काएर पानी निकास गराएका थिए । गत वर्षपनि भारी बर्षाका कारण सो गाउँ डुबानमा परि बालीनाली समेत नष्ट भइ ठुलो क्षति भएकोे थियो ।

स्थानीयले त्यतिबेला पनि पानीको निकासका लागि नहरको बाँध भत्काउने प्रयास गर्दा स्थानीय प्रशासनले रोक लगाउदै भारतीय र स्थानीय पक्ष नहर तथा साईफन कुलो सरसफाइ गराई पानीको निकास गराउने सम्झौता गराएको थियो ।

तर त्यो सम्झौता अहिलेसम्म कार्यान्वन नहुँदा यसवर्ष त्यहि समस्या देखिएकाले स्थानीयले बाध्य भई गएराति नहरको बाँध काटेर पानीको निकास खोलेका हुन् । स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *