टीकापुरमा जन्मियो यस्तो अनौठो बच्चा !

कैलाली, असार १९ । कैलालीमा अनौठो बच्चाको जन्म भएको छ । कैलालीको जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो बच्चा जन्माएकी हुन् ।

कैलालीस्थित टिकापुर अस्पतालमा चार हात, चार खुट्टा र २ मेरुदण्ड भएको अनौठो शिशुको जन्म भएको हो ।


राति ११ बजेतिर शिशु जन्मिएको शिशु जिवितै रहेको अस्पतालले जनाएको छ । परिवारका अनुसार आमालाई सोमबार दिउँसो ३ बजे व्यथा लागेको थियो । उनलाई राति १० बजे मात्रै अस्पताल पुर्याइएको थियो । यो उनको पहिलो सन्तान हो ।

अस्पताल पुर्याइएको केही समयमा नर्मल डेलिभरी भएको डाक्टरले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *