धरान : दुई ग्याङबीच फाइट हुँदा एकको मृत्यु, एक घाइते

धरान, सुनसरी असार १९ । धरान–१३ स्थित फुश्रेमा सोमबार राति दुई समूहबीचको ग्याङ फाइटको क्रममा एक युवाको मृत्यु भएको छ । ग्याङ फाइटको क्रममा धरान–१ का २७ वर्षीय अमितकुमार राईको मृत्यु भएको हो उनको ग्याङ फाइटपछि उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

युवाहरुको दुई ग्याङबीच धरान–१३ फुस्रेमा एक अर्काबीच आक्रमण भएको थियो । सोही आक्रमणमा मृतक राईको नाइटोको दाहिने भागमा छुरा प्रहार भएको थियो । गम्भीर बनेका उनलाई उपचारमा लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेको केही समयमै मृत घोषित गरिएको प्रतिष्ठान प्रहरी पोष्ट धरानले जनाएको छ ।

सोही ग्याङ फाईटमा धरान–१३ का सुवर्ण राई घाइते भएका छन् । उनको निधार र घाँटीमा चोट लागेको छ । आक्रमणमा संलग्न मध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने तीनको नाम भने ईलाका प्रहरी कार्यलय धरानले खुलाएको छैन स्थानीयबासीका अनुसार बोबो नाम गरेका युवा भने पक्राउ परेका छन ।

यसैबीच प्रहरीले सुनसरीको ईटहरी – २० बाट लागुऔषध गाँजा बरामद गरेको छ। को.१ ह ८५६५ नम्बरको ट्याम्पुबाट आइतबार राती प्रहरीले सात किलो लागुऔषध गाँजा बरामद गरेको हो।

विशेष सुचनाका आधारमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले धरानबाट ईटहरीतर्फ आउँदै गरेको सो ट्याम्पुलाई रोकेर चेकजाँच गर्न खोज्दा ट्याम्पुका चालक र पछाडी बसेका एक व्यक्ति ट्याम्पु छाडेर भागेपछि चेकजाँच गर्दा चालक बस्ने सिटमुनि लुकाईएको अवस्थामा ८ पोका गाँजा बरामद भएको प्रहरी चौकी तरहराले जनाएको छ। प्रहरीले ट्याम्पुमा सवार अर्का एक झापा सुरुङ्गा ५ बस्ने बिष्णु राईलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *