मध्य र पूर्वी भूभागमा बुधबारसम्स सतर्क रहन बाढी पूर्वानुमान शाखाको अपिल !

“
काठमाडौँ, असार १८ । मध्य र पूर्वी भूभागमा बुधबारसम्म सतर्क रहन बाढी पूर्वानुमान शाखाले अपिल गरेको छ । देशभरी नै मनसुन सक्रिय रहेको हुँदा आज देशको पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने र खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको पूर्वानुमान अनुसार सतर्क रहन अपिल गरेको हो ।
केही दिनदेखी सक्रिय रहेको मनसुन बुधबारदेखि बुधबारदेखि भने कमजोर हुने बताइएको छ । शाखाका अनुसार बिहान ६ बजेसम्म प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहेको छ ।
झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहटसहितका तराईका जिल्लामा नदीमा बहाव बढ्ने अनुमान छ। यस्तै, हिमाली र पहाडी जिल्लाहरूमा पनि नदीमा पानीको बहाव बढ्ने अनुमान छ ।
इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोखुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लाका खोलानालामा पानीको बहाव खतराभन्दा माथि पुग्ने अनुमान शाखाको छ ।
मध्याह्नपछि कन्काई, कमला, बागमती नदीमा बहाव खतराको तह बढ्ने अनुमान छ ।
महाशाखाले पर्सिसम्म उच्च हिमाली, पहाडी र तराईका जिल्लाहरूमा कुनै पनि बेला नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुग्नेसक्ने भन्दै सतर्क रहन अपिल गरेको छ ।
“








