कान्द्रा नदीमा आएको बाढीका कारण भजनीका २ सय घर डुबानमा

कैलाली, असार १९ । कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् ।

भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिनुभयो । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उहाँले बताउनुभयो ।

स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =