अझै दुईदिन अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुन्छ: माैषमविद्

काठमाडाैं, असार १९ । केहीदिनयताको निरन्तर झरी अझै जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा नेपाल तर्फ सरेकोले अझै दुईदिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी बर्षा हुनेछ ।

आज मूलुकको पूर्वी र मध्य भेगका तराई र पहाडी क्षेत्रमामध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा मध्यमस्तरको वर्षा भएपनि पूर्वी र मध्य भेगमा भारी वर्षा हुनसक्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

बुधबारदेखि अधिकांश भेगमा केही सुधार भएपनि सामान्य भरी भने पर्ने पौडेलले बताउनुभयो । यसैबीच, आज देशको पूर्वी र मध्यभागमा रहेका सबै खोलाहरुमा उच्च बाढी सर्तकता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

पश्चिमी भुभागमा भने आज उच्च जोखिम हुने नदेखिएको शाखाको भनाइ छ । शाखाका अनुसार भोलिबाट देशका प्रमुख नदीहरुमा बहाब घट्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *