छायाँछविकाे नवाैं शृङखला अमला र प्रकाशका गजल कवितामा सम्पन्न

काठमाडाैं, असार १९ । निरन्तर अाठाैं कार्यक्रम भव्यरूपमा सम्पन्न गरिसकेकाे छायाँछविले यहि शनिवार नवाैं शृङखलापनि भव्यरूपमा सम्पन्न गरेकाे छ ।    विगत नौ महिना अघिदेखी प्रारम्भ गरेको छायाँछवि काव्य शृङ्खला अन्तर्गत नवौं शृङ्खलामा लाेकप्रिय  गजलकार अमला अधिकारी र कवि प्रकाश रम्घालीका गजल र कविता गुन्जिए ।

अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए । गजलकार अमला अधिकारी पछिल्लो समयकी शशक्त गजलकार मानिन्छिन् । अघिकारीले छायाँछविको यस साहित्यिक प्रवाहमा आफ्ना करिव एक दर्जन गजल सुनाइन् ।

उनले गजलमा  माया, प्रेम, समाज र राजनैतिक व्यङ्ग्यका रचना सुनाएकी थिइन् । स्रोतामाझ लोकप्रिय अधिकारीले वान्स मोर पनि राम्रै खाएकी थिइन् । त्यस्तै कवि प्रकाश रम्घालीले आफ्ना विभिन्न १० कविता सुनाएका थिए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यङ्ग्यात्मक कविताहरु सुनाएका थिए ।

कार्यक्रम संयोजक रश्मि रोदनले आफ्नो कार्यक्रमको बारेमा विचार पस्केकी थिइन् । रोदनले स्वागत मन्तव्य राख्दै आफ्नो कार्यक्रम विशुद्ध साहित्यिक भएको र कुनै गुटवन्दी भन्दा माथी रहेको विचार राखिन् । सहभागीताको संख्या भन्दा पनि गुणात्मक स्रोता कार्यक्रमको मापक भएको मुक्तककार एवं गजलकार रश्मि रोदनले बताइन् ।

यसै कार्यक्रमका विशिष्ट अतिथि सुगम संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवं कविताका बारेमा टीप्पणी राखे । छायाँछविको यो काव्य शृङ्खला पवित्र उद्देश्यको भएको र यस किसिमको कार्यक्रमबाट सर्जक उत्साहित हुने विचार राखे । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले सुत्रधारको भूमिकामा प्रस्तुत हुँदै कार्यक्रमको औंचित्य प्रकाश पारे । साहित्यिक गतिविधि बढ्नु स्वागतयोग्य भएपनि गुटबन्धी र झारा टार्ने साहित्यिक गतिविधीले साहित्यलाई असर पार्ने बताए । कार्यक्रम नेपाल चलचित्र संघको सह कार्यमा विशाल नगरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *