एसियन टोलीको आशा सकियो, जापानपनि बाहिरियो ‘बेल्जियम क्वाटरफाइनलमा’

काठमाडाैं, असार १९ । एसियन देश जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको छ । एसियाको एक मात्र आश गरिएको टोली जापान बेल्जियमसँग ३–२ ले पराजित भएको हो ।

अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियम क्वाटरफाइनलमा पुुगेको छ । खेलको ४८ औं मिनेटमा जेन्की हरागुुचीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटमै टाक्सी इनुुईले अग्रता दोब्बर पारे । तर पछि परेको बेल्जियमलाई जेन भर्टोन्जेनले ६९ औं मिनेटमा गोल गर्दै अग्रता घटाए ।

त्यसको ५ मिनेटमै मारौनी फिलानीले गोल गर्दै बराबरी गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम मिनेटमा नेशर चादलीले गोल गर्दै बेल्जियमलाई अघिल्ले चरण पुु¥याएका हुन् । अब क्वाटरफाइनलमा बेल्जियमले ब्राजिलको सामना गर्नेछ । बेल्जियम समूह जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *