रोकिएन सुन तस्करी, दुई घटनाले प्रहरीलाई झस्कायो !

काठमाडौं, असार १९ । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।

महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो। त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो।

एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ। यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ।

भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको तीन केजी सुनमा इमिरेटस गोल्ड लेखिएको छ। अर्थात् यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो।

१७ गते नागढुंगाबाट पक्राउ परेको तीन केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ। कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =