विश्वकप फुटवलः नेइमार चम्कँदा ब्राजिल अन्तिम आठमा

काठमाडौं, असार १८ । विश्वकप फुटवलको आजको पहिलो खेलमा ५ पटकको विश्वविजेता ब्राजिल विजयी भएको छ । रुसको समारा एरिना रंगशालामा सम्पन्न खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यसपटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको ब्राजिलको जितका लागि स्टार खेलाडी नेइमार एक गाेल र एक असिस्ट गरे। उनले खेलको ५१ औं मिनेटमा गोल गरे । भने, ८८ औं मिनेटमा फर्मानियालार्इ गाेल गर्ने अवसर मिलार्इदिए ।

खेलमा ब्राजिलले अट्याकिङ खेल पस्किएपनि थप गोल गर्न सकेन । ब्राजिलले थप गोल गर्न नसक्नुमा मेक्सिकोका गोल किपर गिलेर्माे अाेचाेवा जिम्मेवार भए । उनले ब्राजिलका केहि शशक्त प्रहारलाई विफल बनाएपनि आफ्नो टीमलाई हारबाट जोगाउन सकेनन् । मेक्सिकोले पनि केहि राम्रा मुभ भने बनायो ।

ब्राजिललाई मेक्सिकोले सुरुमा दबाबमा राख्यो । मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरे ।

एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राख्न सफल भएको भएपनि दोस्रो हाफमा ब्राजिल हावि भईदियो ।

मेक्सिकोले विश्वकप फुटवलमा ब्राजिललाई अहिलेसम्म पराजित गर्न सकेको छैन ।

अब ब्राजिलले आजै राती जापान र बेल्जियम विच हुने खेलको विजेतासँग क्वाटरफाइनल खेल खेल्नेछ ।

ब्राजिलले समुह चरणकाे पहिलाे खेलमा स्विजरलेण्डसँग बराबरी खेलेकाे थियाे । दाेस्राे खेलमा काेस्टारिकालार्इ २–० ले पाखा लगाएकाे थियाे । भने, समुह चरणकाे अन्तिम खेलमा सर्वियालार्इ पनि २–० ले नै हराउँदै अन्तिम १६ मा प्रवेश गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *