पहिलाे हाफमा ब्राजिल र मेक्सिको गोलरहित बराबरीमा

काठमाडौँ  । रूसमा जारी  विश्वकप २०१८ को दाबेदारका रुपमा हेरिएको ब्राजिलले मेक्सिकोसँग पहिलो हाफ बराबरी खेलेको छ । बलियो भनिएको ब्राजिललाई मेक्सिकोले सुरुमा दबाबमा राख्यो । उसले केही राम्रा मुभ निकालेर ब्राजिलविरुद्ध आफू कम्जोर नभएको संकेत दिएकाे छ ।

ब्राजिलले पनि मेक्सिकोको डी बक्समा केही राम्रा मुभ निकाले पनि स्कोर गर्न सकेन । एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राख्यो ।

मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरे । तर, ब्राजिलले मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सक्यो । मेक्सिकोले ५१ प्रतिशत बल पोजेसन बनायो भने ब्राजिल केही दबाबमा पर्दै ४९ प्रतिशत पोजेसन बनाउन सक्यो ।

ब्राजिलले ११ पटक गोलका लागि प्रयास गर्दा मेक्सिकोले ४ पटक गोलको प्रयास गर्यो । दुवै टिमले ३–३ पटक कर्णर किकको अवसर पाए । ब्राजिलले ९ पटक फ्री किक हान्दा मेक्सिकोले चार पटक हानेको छ ।

क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रेको ब्राजिलले पछिल्ला १४ खेलमा हार नब्यहोरेको इितहास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *