आज पनि घट्यो शेयर बजार
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौँ, असार १८ । निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको छ ।
आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो । बैंकिङ ५.३४, जलविद्युत् १३.५९, फाइनान्स ३.०४, बीमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।रासस
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित