सैनिक महाविद्यालयमा तेक्वान्दो प्रतियोगिता

भीमदत्तनगर,असार १८ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयमा आजदेखि जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

खेलकूदको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यले पहिलो पटक नेपाली सेनाले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शरद् ढकालले गरे । उद्घाटन समारोहमा सैनिक महाविद्यालयका सम्र्पक अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खाती, विद्यालयका खेल शिक्षक, शिक्षक, खेलाडीलगायतको सहभागिता थियो ।

सैनिक महाविद्यालयका सम्र्पक अधिकृत सेनानी नरोत्तम पौडेलका अनुसार दुई दिनसम्म चल्ने उक्त तेक्वान्दो प्रतियोगितामा कैलालीका १७ वटा विद्यालयका विभिन्न तौल समूहका गरी ८४ खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिता सञ्चालनमा कञ्चनपुर र कैलालीका तेक्वान्दो प्रशिक्षकको सहयोग रहेको छ । विसं २०६७ मा प्रदेश नं ७ मा स्थापना भएको उक्त सैनिक विद्यालयमा हाल कक्षा १० सम्म पठनपाठन गरिँदै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *