पहिरोले घर पुरिँदा सुत्केरीसहित तीन जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
रोल्पा, असार १७ । रोल्पामा पहिरोले घर पुरिँदा सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ । नजिकैको पर्खाल भत्किएर आएको पहिरोले घर पुरिँदा रुन्टिगढी गाउँपालिका –५ का सोइबाङमा सुत्केरीसहित तीन जनाको मृत्यु भएको हो ।
करिब ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








