गायक सिएल शर्माको बद्लियो जिन्दगी (भिडियोसहित)

काठमाडौँ, असार १८ । चर्चित गायिका मेलिना राई र गायक सिएल शर्माको आवाजमा रहेको गित बद्लियो मेरो जिन्दगी बजारमा आएको छ ।

चर्चित तथा अत्ति व्यस्त गायिका मेलिना राई र गायक तथा संगितकार सिएल शर्माको आवाजमा रहेको उक्त गित आइतबार यूट्युबमा सार्वजनिक भएको हो । बुढा शुब्बा प्राइभेट लिमिटेडको यूट्युब च्यानलमा सार्वजनिक भएको गितमा सर्जन बुढाथोकी र सुनिशा बजगाइको अभिनय छ ।

गायक तथा संगितकार शर्माको आफ्नै शब्दमा रहेको गितको भिडियो निर्देशन भने भारतको मुम्बइबाट प्रसारण हुने जनचेतनामुलक टेली सिरियल क्राइम पेट्रोलमा अभिनेता तथा असिसटेन्ट निर्देशकमा लामो समय काम गरेका राज केपीले गरेका छन् । अनामनगरमा रहेको गुञ्जन रेकर्डडिङ्ग स्टुडियोबाट रेकर्ड गरिएको गितको छायाङ्कन भने चर्चित क्यामेरामेन उत्सव दाहालले गरेका छन् ।

https://youtu.be/Fg3rSJ09mbA”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =