साँग्रिला डेभलपमेन्ट बैंकको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, असार १८ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साँग्रिला डेभलपमेन्टले आईतबार काठमाण्डौको अमृतभोग पार्टीप्यालेस, कालिकास्थान, डिल्लीबजारमा आ.ब.२०७३/७४ को आर्थिक विवरणहरु सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा.रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा संलग्न अनुसुचिहरु उपर छलफल गरि तेह्रौं बार्षिक साधारणसभा सम्पन्न गरेका हुन् ।

रु. २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पूँजी भएको सो विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस कर सहित सो साधारणसभाबाट पारित गरि बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुने बैँकले जनाएको छ ।

साँग्रिला विकास बैंकले चालु आ.ब.को तेस्रो त्रैमासिक अवधिमा करिब रु. १४ अर्व ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि करिब रु. २५ करोड ६ लाख खुुद मुनाफा आर्जन गरेको छ ।

हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आ.ब.मा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा संजाललाई बिस्तार गर्ने कार्यमा हाल गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गरेको छ ।

साथै पहिलो चरणमा काठमाण्डौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरि नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिई मुुस्ताङको जोमसोम बाहेक अधिकांश शाखाहरु यसै चालुु आ.ब.मा संचालन भईसकेका छन भने दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर सहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खलाङ, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादिङको गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति लिई निर्माण कार्य भइरहेको र सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

आफ्नै १४ वटा ATM बाट सेवा प्रदान गर्दै आएको यस बैंकले हाल सञ्चालनमा रहेको एससीटी सञ्जालको एटीएम कार्डलाई बिस्तावित गरि नयाँ भिसा डेबिड कार्ड सञ्चालनमा ल्याइसकेको छ ।

एपोलो हस्पीटल, नयाँ दिल्ली इन्डीया र यस विकास बैंक बिच मिति २०७४/११/१५ गते अन्नपूर्ण होटल, काठमाण्डौमा भएको सम्झौतामा यस विकास बैंकका ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिँदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट प्रदान गरिने द्धिपक्षीय सहमती भएको छ ।

सो सेवा लिन ग्राहकहरुले यस विकास बैंकले प्रदान गर्ने भिसा डेविट कार्ड लिएको हुुन पर्ने बैँकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *