काँग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार
“
काठमाडौं, साउन ७ । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।
उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा प्रत्युष श्रेष्ठले उनलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए ।
आज उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपछि अझै केही दिन उनलाई सघन कक्षमानै राखी निगारानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।
विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् ।
उनकी श्रीमती कुसुम बाँस्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताइन् ।
उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका लिक्युइड ९ तरल० बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चूनौतिपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताए ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि अस्पताल पुगेका निजी सहयोगी राधाकृष्ण काफ्लेले जानकारी दिए ।
“