सबै धर्मका मूल भगवान शंकरले धर्तीको केन्द्र कैलाशमा निवासस्थान बनाउनुको कारण यस्तो छः

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइनस्टाइनले भन्दा पहिला भगवान् शिवले नै भनेका थिए कि ‘कल्पना’ ज्ञानभन्दा धेरै महत्वपूर्ण कुरा हो । हामीले जस्तो कल्पना र विचार गर्दछौं, त्यस्तै नै हुन्छ । शिवले यही आधारमा ध्यानका कैयौं विधिहरूको विकास गरे । भगवान् शिव संसारका सबै धर्मका मूल हुन् ।

शिवको दर्शन र जीवनको कहानी संसारको सबै धर्म र उनीहरूको ग्रन्थमा अलग अलग रूपमा विद्यमान छ । आजभन्दा १५ देखि २० हजार वर्ष पूर्व वराह कालको सुरुआतमा जब देवीदेवताहरूले धर्तीमा कदम राखेका थिए, तब त्यस कालमा धर्ती हिमयुगको चपेटामा थियो । त्यस दौडान भगवान् शंकरले धर्तीको केन्द्र कैलाशमा आफ्नो निवासस्थान बनाए ।

भगवान् विष्णुले समुद्रलाई र ब्रह्माले नदीको किनारलाई । पुराण भन्छ कि जहाँ शिव विराजमान छन् त्यस पर्वतको ठीक तल पाताल लोक हो, जुन भगवान् विष्णुको स्थान हो ।

शिवको आसनको उपवायुमण्डलको पारी क्रमशः स्वर्ग लोक र फेरि ब्रह्माजीको स्थान हो, जबकि धर्तीमा केही पनि थिएन । यी तीनबाट सब थोक भयो । वैज्ञानिकहरूका अनुसार तिब्बत धर्तीको सबैभन्दा प्राचीन भूमि हो र पुरातनकालमा यसको चारैतिर समुद्र थियो । फेरि जब समुद्र हट्यो अन्य धर्ती प्रकट भयो ।

यस प्रकार बिस्तारै बिस्तारै जीवन पनि फैलिँदै गयो । सर्वप्रथम भगवान् शिवले नै धर्तीमा जीवनको प्रचारप्रसारको प्रयास गरे त्यसैले उनलाई आदि देव पनि भनिन्छ । आदिको अर्थ प्रारम्भ । शिवलाई ‘आदिनाथ’ पनि भनिन्छ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो । यस ‘आदिश’ शब्दबाट नै ‘आदेश’ शब्द बनेको हो ।

नाथ साधु जब एक–अर्कासँग भेट्छन त भन्छन् आदेश । भगवान् शिवबाहेक ब्रह्मा र विष्णुले सम्पूर्ण धर्तीमा जीवनको उत्पत्ति र पालनको कार्य गरे । सबैले मिलेर धर्तीलाई बस्न लायक बनाए र यहाँ देवता, दैत्य, दानव, गन्धर्व, यक्ष र मनुष्यको आवादीलाई बढ़ाए ।

महाभारत काल

यस्तो मान्यता छ कि महाभारत कालसम्म देवता धर्तीमा रहन्थ्ये । महाभारतपछि सबै आआफ्ना धाम गए । कलियुगको प्रारम्भ भएपछि देवता बस विग्रह रूपमा नै रहे अतः उनको विग्रहको पूजा गरिने गरियो । पहिला भगवान् शिव थिए रुद्र वैदिक कालमा रुद्र र उनको अन्य स्वरूप तथा जीवन दर्शनको पुराणहरूमा विस्तार पाइन्छ ।

वेद जसलाई रुद्र भनिन्छ, पुराणमा उनलाई शंकर र महेश भनिन्छ । वराह कालको पूर्वको कालमा पनि शिव थिए । त्यस कालको शिवको गाथा अलग छ ।

देवाधिदेव महादेव
देवताहरूको दैत्यहरूसँग प्रतिस्पर्धा चलिरहन्थ्यो । त्यस अवस्थामा जहिले पनि देवताहरूमाथि घोर संकट आउँदथ्यो तब उनीहरू सबै देवाधिदेव महादेवको पास जान्थे । दैत्यहरू, राक्षसहरूसहित देवताहरूले पनि शिवलाई कैयौं पटक चुनौती दिए । तर उनीहरू सबै परास्त भएर शिवसमक्ष झुके त्यसैले शिव हुन् देवोंका देव महादेव । उनी दैत्य, दानवहरू र भूतहरूको पनि प्रिय भगवान् हुन् ।

शिवले किन मारेका थिए विशालकाय मानव

सन् २००७ मा नेसनल जिओग्राफीको टिमले भारत र अन्य ठाउँमा २० देखि २२ फिट अग्लो मानव कंकाल खोजेर निकालेका थिए । भारतमा प्राप्त कंकाललाई कसैले भीम पुत्र घटोत्कच र कसैले बकासुरको कंकाल मानेका थिए । हिन्दू धर्मका अनुसार सत्य युगमा यस प्रकारको विशालकाय मानव हुने गर्दथ्यो ।

पछि त्रेता युगमा यिनीहरूको प्रजाति नष्ट भयो । पुराणहरूका अनुसार भारतमा दैत्य, दानव, राक्षस र असुरहरूको जातिको अस्तित्व थियो, जुन विशालकाय हुने गर्दथे । भारतमा प्राप्त त्यस कंकालको साथ एक शिलालेख पनि भेटिएको छ । त्यो त्यस कालको ब्राह्मी लिपिको शिलालेख हो । त्यसमा लेखिएको छ कि ब्रह्माले मनुष्यहरूमा शान्ति स्थापना गर्नका लागि विशेष आकारको मनुष्यको रचना गरेका थिए ।

विशेष आकारको मनुष्यको रचना एक पटक मात्र भएको थियो । तिनीहरू धेरै शक्तिशाली थिए र वृक्षलाई पनि आफ्नो हातले उखाल्दथे । तर यिनीहरुले आफ्नो शक्तिको दुरुपयोग गर्न सुरु गरे र आपसमा लडेपश्चात् देवताहरूलाई पनि चुनौती दिन लागे । अन्त्यमा भगवान् शंकरले सबैलाइ मारे र त्यसपछि यस्ता रचना फेरि गरेनन् ।

भगवान् शिवको धनुष पिनाक

शिवले जुन धनुषलाई बनाएका थिए त्यसको टंकारले नै बादल फाट्दथ्यो र पर्वत हल्लिन थाल्थ्यो । यस्तो लाग्दथ्यो कि मानौं भूकम्प आयो । यो धनुष धेरै नै शक्तिशाली थियो । यसको एक तीरले त्रिपुरासुरको तीन नगरीलाई ध्वस्त गरिदिएको थियो । त्यस धनुषको नाम पिनाक थियो ।

देवी र देवताहरूको कालको समाप्ति पछि यस धनुषलाई देवरातलाई सुम्पिएको थियो । उल्लेखनीय छ कि राजा दक्षको यज्ञमा शिवलाई नबोलाउनुको कारण भगवान् शंकर धेरै क्रोधित भएका थिए र उनले सबै देवताहरूलाई आफ्नो पिनाक धनुषले नष्ट गर्न ठानेका थिए । एक टंकारले धरतीको वातावरण भयानक भयो । धेरै मुस्किलले उनको क्रोध शान्त गरियो, तब उनले त्यो धनुष देवताहरूलाई दिए ।

देवताहरुले राजा जनकको पूर्वज देवरातलाई उक्त धनुष दिए । राजा जनकका पूर्वजहरूमा निमिको ज्येष्ठ पुत्र देवरात थिए । शिव धनुष धरोहर स्वरूप राजा जनकसँग सुरक्षित थियो । त्यस धनुषलाई भगवान् शंकरले स्वयं आफ्नो हातले बनाएका थिए । उनको यस विशाल धनुषलाई कसैले पनि उठाउने क्षमता राख्दैनथ्यो । तर भगवान् रामले त्यसलाई उठाएर त्यसको प्रत्यंचा चढ़ाए र त्यसलाई एक झटकामा तोडी दिए ।

भगवान् शिवको चक्र सानो तर सबैभन्दा अचूक अस्त्र मानिन्छ । सबै देवीदेवतासँग आआफ्ना अलग अलग चक्र हुन्थ्यो । ती सबैको अलग अलग नाम थियो । शंकरजीको चक्रको नाम भवरेंदु, विष्णुजीको चक्रको नाम कांता र देवीको चक्र मृत्यु मञ्जरीको नामले जानिन्थ्यो ।

सुदर्शन चक्रको नाम भगवान् कृष्णको नामको साथ अभिन्न रूपले जोडिएको छ । यो कुरा धेरै कमलाई थाहा छ कि सुदर्शन चक्रको निर्माण भगवान् शंकरले गरेका थिए । प्राचीन र प्रामाणिक शास्त्रअनुसार यसको निर्माण भगवान् शंकरले गरेका थिए । निर्माणपछि भगवान् शिवले यसलाई श्रीविष्णुलाई सुम्पेका थिए ।

आवश्यक परेको बेला श्रीविष्णुले यो देवी पार्वतीलाई प्रदान गरेका थिए । पार्वतीले यो परशुरामलाई दिइन् र भगवान् कृष्णलाई यो सुदर्शन चक्र परशुरामले दिएका थिए । त्रिशूललगायत भगवान् शिवसँग कैयौं अस्त्र, शस्त्र थियो । तर उनले आफ्नो सबै अस्त्र, शस्त्र देवताहरूलाई सुम्पेका थिए । उनले सिर्फ एक त्रिशूल मात्र लिए । यो धेरै नै अचूक र घातक अस्त्र हो । त्रिशूल तीन प्रकारको कष्टहरू जस्तै दैनिक, दैविक, भौतिक विनाशको सूचक हो ।

यसमा तीन प्रकारको शक्ति छ सत, रज र तम । प्रोटोन, न्युट्रन र इलेक्ट्रोन । योबाहेक पाशुपतास्त्र पनि शिवको अस्त्र हो । भगवान् शिवको गलामा जुन नाग छ त्यसको नाम हो वासुकी । शिवलाई नागवंशीसँग घनिष्ठ लगाव थियो । नाग कुलका सबै शिवको क्षेत्र हिमालयमा नै रहन्थे । कश्मीरको अनन्त नाग यी नागवंशीहरूको गढ़ थियो ।

नाग कुलका सबैले शैव धर्मको पालन गर्थे । नागहरूको प्रारम्भमा पाँंच कुल थियो । उनीहरूको नाम यस प्रकारको थियो, शेषनाग (अनन्त), वासुकी, तक्षक, पिंगला र कर्कोटक । यो अनुसन्धानको विषय हो कि यिनीहरू सर्प थिए या मानव या आधा सर्प र आधा मानव रु वास्तवमा यी सबैलाई देवताहरूको श्रेणीमा राखिएको थियो त निश्चित नै यिनीहरू मनुष्य थिएनन् ।
नाग वंशावलीमा शेषनागलाई नागहरूको प्रथम राजा मानिन्छ ।

शेषनागलाई नै ‘अनन्त’ नामले पनि जानिन्छ । यी भगवान् विष्णुका सेवक थिए । यस प्रकारले शेषपछि वासुकी भए, जुन शिवको सेवक बने । फेरि तक्षक र पिंगलाले राज्य सम्हाले । वासुकीको कैलाश पर्वतको पास नै राज्य थियो र मान्यता छ कि तक्षकले नै तक्षकशिला (तक्षशिला)  बसाएर आफ्नो नामबाट ‘तक्षक’ कुल चलाएका थिए ।

उक्त पाँचको गाथाहरू पुराणमा पाइन्छ । त्यसपछि कर्कोटक, ऐरावत, धृतराष्ट्र, अनन्त, अहि, मनिभद्र, अलापत्र, कम्बल, अंशतर, धनञ्जय, कालिया, सौंफू, दौद्धिया, काली, तखतू, धूमल, फाहल, काना इत्यादि नामको नागहरूको वंश भयो जसको भारतको भिन्न भिन्न इलाकामा यिनीहरूको राज्य थियो ।

अमृत वचनको सुरक्षित नाम

अमरनाथको अमृत वचन शिवले आफ्नी अर्धाङ्गिनी पार्वतीको मोक्ष हेतु अमरनाथ गुफामा जुन ज्ञान दिए, त्यही ज्ञानको आज अनेकौँ शाखाहरू चल्दैछ । त्यो ज्ञानयोग र तन्त्रको मूल सूत्रमा सामेल छ । ‘विज्ञान भैरव तन्त्र’ एक यस्तो ग्रन्थ हो जसमा भगवान् शिवद्वारा पार्वतीलाई बताएको १ सय १२ ध्यान सूत्रहरूको संकलन छ ।

योगशास्त्रका प्रवर्तक भगवान् शिव विज्ञान भैरव तन्त्र र शिव संहितामा उनको सम्पूर्ण शिक्षा र दीक्षा समाहित छ । तन्त्रको अनेक ग्रन्थहरूमा उनको शिक्षाको विस्तार भएको हो । भगवान् शिवको योगलाई तन्त्र या वामयोग भनिन्छ । यसको एक शाखा हठयोग पनि हो ।भगवान शिव् भन्छन, ‘वामो मार्ग परमंगहनो योगितामप्यगम्य’ अर्थात् वाम मार्ग अत्यन्त गहन छ र योगीहरूका लागि पनि अगम्य छ ।

मेरु तन्त्रको ज्ञान भगवान् शिवले सबैभन्दा पहिले कसलाई दिए त भन्दा मान्यताअनुसार सबैभन्दा पहिला उनले आफ्नो ज्ञान सप्त ऋषिहरूलाई दिएका थिए । सप्त ऋषिहरूले शिवबाट ज्ञान लिएर अलग अलग दिशाहरूमा फैलाए र संसारको कुना कुनामा शैव धर्म, योग र ज्ञानको प्रचारप्रसार गरे जो यद्यपि, अमर छन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *