इनिएस्टाद्वारा सन्यासः ‘राष्ट्रिय टिमबाट मेरो यो अन्तिम खेल हो र यहि सत्य हो ।’

काठमाडौँ, असार १८ । स्पेनिस लिजेण्ड आन्द्रेस इनिएस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकप फुटबलमा रुससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिए लगत्तै मिडफिल्डर इनिएस्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन् ।

इनिष्टाकै सहयोगमा स्पेनले सन् २०१० को विश्वकपको उपाधि उचालेको थियो । रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएपछि ३४ वर्षका इनिएस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ बर्षका भेट्रान इनिष्टाले स्पेनको जर्सीमा १ सय ३० खेल खेलेका छन् । जसमा उनले दुई युरो कप र एक विश्वकपको सफलता हात पारे ।

आइतबार राति भएको खेलको निर्धारित तथा अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट भएको खेलमा स्पेन आयोजक रुससँग पराजित भयो ।

निकै राम्रो खेलेर पनि स्पेनले जित निकाल्न सकेन । सन् २०१० मा विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा विजयी गोल गरेका इनिएस्टाले रुससँगको हारसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

इनिएस्टाले रुससँगको खेलमा भएको पेनाल्टी सुटआउटमा स्पेनबाट १३१ औँ गोल गरे । इनिएस्टाले भने, ‘राष्ट्रिय टिमबाट मेरो यो अन्तिम खेल हो र यहि सत्य हो ।’

सन् २००६ मा डेब्यु गरेको इनिएस्टाले स्पेनलाई सन् २००८ र २०१२ मा युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी १२ वर्ष स्पेनको टिममा रहे । ‘यो अन्त्य चाहेको जस्तो त भएन’, बार्सिलोनाका पूर्व खेलाडी इनिएस्टाले भने, ‘यो मेरो करिअरको अति नै निशास दिन बन्यो ।’

इनिएस्टाले बार्सिलोनासँगको आफ्नो २२ वर्ष लामो यात्रा गएको मे मा अन्त्य गरेका थिए । उनी अहिले जापानको शीर्ष लिग क्लब भिसेल कोबेबाट खेल्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *