पेनाल्टीमा चुक्दा डेनमार्क बाहिरियो, क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, असार १८ । रसियामा जारी विश्वकपमा डेनमार्क र क्रोयसियाबीचको खेलमा डेनमार्कलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोयसिया क्वाटरफाइनलमा पुुगेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो तर दुवै टोलिबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

नोभगोरोड रंगशालामा खेलको निर्धारित ९० मिनेट थप गरिएको अतिरिक्त समयमा १ – १ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । गोलकिपर चम्किएको पेनाल्टी सुटआउटमा क्रोएसियाले बाजी मार्यो ।

पेनाल्टीमा डेनमार्कका सिमोन कजेर र माइकल देहलीले गोल गर्दा क्रिस्टियन एरिक्सन, लास्से र निकोलाई जोर्गीन्सनले गोल गर्न सकेनन् । क्रोएसियाका मिलान बडेल्ज र जोसिप पिभारिकले गोल गर्न सकेनन् । तर, कप्तान लुका मोड्रिक, इभान राकिटीक र आन्द्रेज क्रमारिकले गोल गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाए ।

त्यसअघि खेलको चौथो मिनेट भित्रै दुई निस्केको खेलमा दुवै टोलीले पहिलो हाफ १ ९ १ गोलको बराबरी खेलेका थिए । खेलको पहिलो मिनेटमा डेनमार्कले अप्रत्यासित अग्रता बनाएको थियो । पहिलो मिनेट मै मथियास जोर्गीन्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर, मारियो मान्डाजुकीले चौथो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको अतिरिक्त समयमा क्रोएसियाले गोल गर्ने सुनौलो मौका गुमाएको थियो । तर, कप्तान मोड्रिकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पप्रहार डेनमार्कका किपरले बचाएका थिए ।

यो जितसंगै क्रोएसियाले अब क्वाटरफाइनलमा आयोजक रुससंग प्रतिस्पर्धा गर्नेछ । रुसले पेनाल्टी सुटआउटमा स्पेनलाई ४ ९ ३ ले हराउदै क्वाटरफाइनलमा स्थान बनाई सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *