बाँकेको दुग्गड ग्रुपको गोदाममा आगलागी

२०७४ जेठ १५ गते

“
बाँके साउन ७ । नेपालगन्ज १८ भुजइ गाउँमा दुग्गड ग्रुपको तेलको गोदाम रहेको स्थानमा भिषण आगलागी भएको छ । आगलागी दिउँसो सवा ४ वजे लागेको हो । बाँके र बर्दियाका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
घटनास्थलमा रहेका हाम्रा सहकर्मी विनय दिक्षितका अनुसार, आगलागी नियन्त्रणका लागी ठूलो मात्रामा प्रहरी र स्थानीय समुदाय लागेका छन् ।
गोदाम रहेको स्थानको वरपर गाउँहरूमा आगलागी फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । आगलागीको कारण पत्ता लागेको छैन ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित