पहिलो पटक आयोजक रुस अन्तिम आठमा प्रवेश

काठमाडौं, असार १७ । आयोजक रुस स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबारसम्पन्न खेलमा सन् २०१० को विजेता स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजक पहिलो पल्ट अन्तिम आठमा पुगेको हो ।

टाइब्रेकरमा रुसले स्पेनलाई ४–३ गोलले हरायो ।

टाइब्रेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासको प्रहारलाई रसियन गोल रक्षक अकिनइन्फीभले असफल बनाइदिए । विजयी रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे ।

निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो । आत्मघाति गोलमा पछि परेको रुस पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा ल्याएको थियो ।

डिबक्सभित्र डिफेन्डर जेरार्ड पिकेको हातमा बल लागेपछि रुसले पेनाल्टी पाएको थियो । आर्टिम ज्युवाले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै स्पेनको अग्रता तोडेका थिए ।

त्यसअघि सर्गी इग्नासेभिचले १२ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । आसेन्सियोको फ्रिकिकलाई उनले सिक्स यार्ड सर्कलबाट क्लियर गर्ने प्रयास गरेका थिए ।

जारी प्रतियोगितामा यसअघि भएका दुई खेल भने ९० मिनेट समयमै सकिएका थिए । आजै राती नेपाली समय अनुसार ११ः४५ मा क्रोएसिया र डेनमार्क विच खेल हुँदैछ ।

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =