नागढुङ्गाबाट फेरि ६ किलो सुन सहित एक प्रक्राउ

१७ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६ किलो सुन सहित एक जनालाई प्रक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख केशव राज भट्टको टोलीले ६ किलो अवैध सुनसहित एक जनालाई प्रक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बेलुका ६ः४५ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ ।

चीनको केरुङ नाका रसुवाबाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिबार ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो । प्रकाउ गरेकाे सुनकाे विषयमा अनुसन्धान भर्इरहेकाे प्रहरीले जनाएकाे छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *