वीपी प्रतिष्ठानकाे उपकूलपति बनाउँदा गगन थापाले १४ कराेड घुस खाएः दुर्गा प्रसार्इ

काठमाडौं, असार १७। पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकूलपति नियुक्तिमा १४ कराेड घुस खाएकाे बिएनसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

आइतबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चालक प्रसाईले डा. राजकुमार राैनियारलार्इ प्रतिष्ठानकाे उपकूलपति नियुक्ति गर्नका लागि १४ कराेड घुस खाएकाे दावि गरेका हुन् ।

साक्षात्कार कार्यक्रममा प्रसाईले भने,‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफिया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस् गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ ।’

‘अाज उहाँले संसदमा बाेल्दै गर्दा कसाैटीकाे कुनी के काे भात, भन्दै मलार्इ दलाल भन्नु भाे, तर, वीपी काेइरालाकाे भिसी बनाउँदा खेरी १४ कराेड रूपैंया दुर्गा प्रसार्इले खाएकाे थिएन ।’ उनले अाक्राेस पाेखे ।

प्रसार्इले उपकूलपति नियुक्ति गर्ने बेला विभिन्न मेडिकल ब्यापारीले नै पैसा दिनुपर्ने भन्दै पैसा संकलन गरेकाे जिकिर गरे ।

तत्कालीन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाई मात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ ।’

थापाविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने, ‘होला, गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ, मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होईन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढिलाई रोजगार दिएको छु, नेपाल मेडिसिटी अस्पताल हाम्रो प्रतिष्पर्धामा आएको छ, नभए नेपालमा हाम्रो जति सुविधा सम्पन्न अर्को निजि मेडिकल कलेज छैन् हामीलाई समेत किन माफिया भनिदैछ रु’

प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले भने,‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दाेलन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् त ?’ उनले अाक्राेस ब्यक्त गरे ।

अाफुले बैकबाट तीन सय कराेड र बजारबाट २ सय कराेड रूपैंया ऋण लिएर मेडिकल कलेज सञ्चालन गरेकाे भन्दै प्रसार्इले अाफुमाथि घाेर अन्याय भएकाे भन्दै राज्यले मेराे सम्पत्ति माग गरेकाे खण्डमा सबै सुम्पन्न तयार रहेकाे समेत जिकिर गरे ।

हेर्नुहाेस भिडियाे

https://www.youtube.com/watch?time_continue=5&v=COjZXxf9pxU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *