सरकारले बनायो राष्ट्रिय प्रशारण लाइन गुरुयोजना

काठमाडौं, असार १७ । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल हुनेगरी पूर्वाधार तयार पार्न राष्ट्रिय प्रशारण लाइन गुरुयोजना तयार पारेको छ ।

राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच गुरुयोजना सार्वजनिक गरे ।

ज्ञवालीले यस गुरु योजनाले सरकारको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य पूरा गर्न मद्धत पुग्ने बताए । उनले गुरु योजनामा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न आवश्यक पूर्वाधार विकासको योजना उल्लेख गरिएको स्पष्ट पारे।

कम्पनीले तयार पारेको गुरुयोजनामा विद्युत उत्पादनका लागि आवश्यक प्रशारण लाइनको खरिद गर्न तत्काल करिव ६ खर्ब बजेट आवश्यक पर्ने पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई पनि भित्रयाउन आवश्यक पूर्वाधार विकासमा जोड दिएको स्पष्ट पारे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले पनि नेपालको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चीनको निजी क्षेत्रले झण्डै ८ सय मेगावाट विद्युत उत्पादनका लागि २ खर्ब लगानी गर्ने समझदारी गरेको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *