पूर्वको सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, सर्तक रहन चेतावनी

काठमाडौँ, असार १७ । पूर्वको सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएको छ । वर्षात पछि पानीको बहाव अत्यधिक बढ्दा सर्तक रहन चेतावनी दिइएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यस्तै १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ ।

सप्तकोशी नदीकोे पहाडी क्षेत्र तथा सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।

‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ ,’ विभागले भनेको छ ।

विभागका अनुसार आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले चुरे लगायतका पहाडी क्षेत्रका स–साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन पहिरो ग्रस्त क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *