खैरहनीमा बस पल्टियो, एकको मृत्यु

“
चितवन,असार १७। चितवनको खैरहनी नगरपालिका–१ मा आइतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ । राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान सडक छेउमा पल्टिएको हो ।
घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
जिल्ला सर्लाही रामघाट ५ बस्ने वर्ष ३७ को विजय लामा भरतपुर २ बस्ने बर्ष २१ को रमेश केसी, भरतपुर ६ बस्ने वर्ष ४५ की रामकुमारी अर्याल, भारत घर भएका बर्ष ३५ को अमिर कुमार बैठा, जिल्ला बारा भवानीपुर ३ बस्ने वर्ष १२ की संगीता ठाकुर, जिल्ला बारा भवानीपुर ३ बस्ने वर्ष १० को रेशम ठाकुर, हटौडा ६ बस्ने वर्ष ६९ को पुर्णभद्र चौलागाई, जिल्ला चितवन रत्ननगर ६ बस्ने वर्ष ५९ को शंकर महत्तो, जिल्ला बारा गंजभवानीपुर ३ बस्ने वर्ष ७ की एन्जलकुमारी ठाकुर, जिल्ला बारा गंजभवानीपुर ३ बस्ने वर्ष ३ को विशाल ठाकुर, जिल्ला बारा गंजभवानीपुर ३ बस्ने वर्ष २९ की रिमादेवी ठाकुर, बारा गंजभवानीपुर ३ बस्ने वर्ष १ की ज्युटीकुमारी ठाकुर, बारा गंजभवानीपुर ३ बस्ने वर्ष ८ को सुरज ठाकुर, घाइते भएका छन् ।
यसैगरी जिल्ला बारा भवानीपुर ३ बस्ने बर्ष ३५ को तेजा ठाकुर । यसैगरी भरतपुर १० बस्ने वर्ष ४५ की कल्पना रानामगर, भरतपुर १० बस्ने वर्ष २२ की सीता भारती, भरतपुर १० बस्ने बर्ष ४० की बालकुमारी भारती घाइते भएका छन् । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।
“








