“चलचित्र “”सञ्जू”” ले तोड्यो बलिउड रेकर्ड !”

काठमाडौँ, असार १७ । सञ्जय दत्तको बायोपिक चलचित्र सञ्जू अहिले विश्वभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । सञ्जुको दोस्रो दिनको कमाइ अर्थात् शनिबार पनि उत्कृष्ट रहेको बलिउड स्रोतले दावी गरेको छ ।

सञ्जुले भारतीय सिनेमा हलहरुमा शनिबार ३८.२५ करोड आम्दानी गरेको छ । जबकि फिल्मले पहिलो दिन अर्थात् शुक्रबार ३४.७५ आम्दानी गरेको थियो । सोही अनुसार २०१८ मा दुई दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

चलचित्र सञ्जूलाई विश्वभर करीब ५३ सय हलहरुमा रिलिज गरिएको थियो । जबकि भारतमा मात्रै ४ हजार भन्दा बढी हलहरुमा रिलिज गरिएको छ जुन यो सालमा रेस ३ पछिको सबैभन्दा बढी हो । तर फिल्मको कलेक्सन रेस ३ को भन्दा बढी छ । सञ्जू निर्माण गर्न करिब १०० करोड लागेको थियो, जसलाई खर्च गरेका थिए निर्माता निर्देशक राजकुमार हिरानीले ।

तर सञ्जू हिट हुन्छ या हुन्न भन्नेमा विभिन्न अड्कल बाजीहरु भइरहेका छन् । यदि सञ्जूले १५० करोड कलेक्सन गर्यो भने हिट क्याटेगोरीमा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *