काँग्रेसले विरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, असार १७। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सरकारले चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी गरेपछि काँग्रेसले विरोध गर्दा बैठक भोलीसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

प्रमुख प्रतिपक्षले विधेयकमा गरिएको परिर्वतन आफूहरुलाई मान्य नहुने र विधेयक पेश भएमा संसद वैठक अवरुद्ध गर्ने चेतावनीपछि आजै पारित गर्ने भनि बसेको संसद वैठक सोमवार ११ वजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले विरोध गरेको छ । विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान हटाइएको छ ।

प्रमुख प्रतिपक्षले नियम निलम्वन गरेर चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको भन्दै विरोध जनाएपछि बैठक सूचना टाँस गरी स्थगित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =