कार र स्कारपियो एक आपसमा ठोक्किदा ९ जना घाईते

धरान, असार १७ । सुनसरीको धरान ८ तीनकुने स्थित शनि मंदिर तलतिर सवारी दुर्घटना हुदा ९ जना घाईते भएका छन ।

आईतबार दिउँसो करिब १२ बजे सुनसरीको ईटहरीबाट धरान आउँदै गरेको को २८ प ७५९ नंम्बरको स्कारपियो र सुनसरीको धरानबाट ईटहरी तर्फ जादै गरेको को १ छ ६३४२ नं को कार एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी को १ छ ६३४२ नं को कारका चालक ईटहरी ७ का हरि अधिकारीको खुटटा भाचिएको छ भने अन्यलाई चोटपटक लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

दुर्घटनामा अन्य घाईतेहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहालले जानकारी दिएका छन् ।

स्कापियोमा ९ जना सवार रहेकाहरुलाई सामान्य चोटपटक लागेको समेत दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *