चलचित्र ’चि मुसी चि’को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं, असार १७ । दुईवटा गीत रिलिज गरिसकेको चलचित्र ’चि मुसी चि’को ट्रेलर रिलिज भएको छ । यूट्युबमा रिलिज ट्रेलरले दर्शकलाई थ्रिल प्रदान गर्छ । यो ट्रेलरले दर्शकमा के कथामा छ भन्ने कौतुहलता जगाउने निर्माण पक्षले विश्वास लिएको छ ।

ट्रेलरमा नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाइएको छ भने नायिका अलिशा शर्माको भूमिकालाई प्रष्ट्याईएको छैन । नायक कार्कीलाई भने सिआईबी अफिसरको रूपमा देखाइएको छ ।

हल जानुअगाडि दर्शकलाई एक प्रकारको कौतुहलता प्रदान गर्न ट्रेलरमा सबै कुरा प्रस्ट नखुलाएको निर्देशक दिनेश श्रेष्ठले बताए । ’सस्पेन्स थ्रिलमा नयाँ स्वादको चलचित्र बनाएका छौँ, ट्रेलरमा जे(जति दृश्य छन् यी दृश्यहरूले त्यसलाई प्रस्ट पारेको छ’ निर्देशक श्रेष्ठले बताए ।

एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ’चि मुसी चि’ भनेर चिन्ने गरिन्छ । यही आधारमा चलचित्रको कथामा पनि केही त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यो हानाथापको केन्द्रमा नायिका हुन की भन्ने अनुमान ट्रेलरबाट गर्न सकिन्छ । यो चलचित्र श्रावण ११ गते रिलिज हुँदैछ । यो चलचित्रबाट नै नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दै छन् ।

यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ’चि मुसी चि’ले मद्दत गर्ने निर्माण पक्षले जनाएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।यसअघि सार्वजनिक शीर्ष गीतले यूट्युबमा दश लाख बढी भ्यूज पाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *