इन्धनको उत्पादन बढाउन साउदी अरबलाई अमेरिकाको आग्रह

काठमाडौं, असार १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको बढ्दो मुल्य नियन्त्रणका लागि उत्पादन बढाउन साउदी अरबलाई आग्रह गर्नुभएको छ ।

दैनिक २० लाख ब्यारेल तेलको उत्पादन बढाउन राष्ट्रपति ट्रम्पले साउदी राजा सलमानलाई आग्रह गर्नुभएको हो । ईरान र भेनेजुएलाका आन्तरिक समस्याका कारण इन्धन उत्पादनमा कमि आएपछि ट्रम्पले साउदीसँग सो आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले ईरान माथि थप प्रतिबन्ध लगाएका कारण गत साता तेलको मुल्य पुन बढेको थियो । तेल उत्पादनकर्ता मुलुकको संगठन ओपेकले इन्धनको उत्पादन बढाउने निर्णय गरे पछिपनि मुल्य भने झनै बढेको छ ।

राष्ट्रपति ट्रम्पले साउदी राजासँग टेलिफोन वार्ता गरेको साउदी प्रेस एजेन्सीले पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *