एकै परिवारको ११ सदस्य झुण्डिएको अवस्थामा फेला, हत्या हो या आत्महत्या ?

काठमाडौँ, असार १७ । दिल्लीमा एक घरमा ११ जनाको शव फेला परेपछि सनसनी मच्चिरहेको छ । तर आत्महत्या हो या हत्या हो भन्ने खुलेको छैन ।

राजधानी दिल्लीको बुराडी इलाकामा एक घरमा ११ शव झुन्डिएका थिए । शव पनि एकै घरमा भेटिएको थियो । भेटिएको शवमा सात महिला र चार पुरुष रहेका छन् । शुरुवाती जानकारी अनुसार दुई परिवारका कुल ११ सदस्य नै झुन्डिएको अवस्थामा फेला परेका थिए । जानकारी अनुसार १० शवहरुको आँखामा पट्टी बाँधिएको थियो । जब एक शव जमिनमा रहेको थियो ।

प्रहरीका अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

मृतक परिवारको फर्निचर र किराना पसल छ । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् । शनिबार राति पनि छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ ।

एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *