सुनमा मिसावट गरेको अभियोगमा पक्राउ परे ११ व्यवसायी

काठमाडौँ, असार १७ । सुनमा मिसावट गरेको अभियोगमा ११ सुन व्यवसायी पक्राउ परेका छन् । सुनमा मिसावट गरेको अभियोगमा बर्दिया प्रहरीले ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गर्यो । तर कुन–कुन व्यवसायी पक्राउ परेका हुन् भन्नेबारे खुल्न बाँकी छ ।

पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएको छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =