काभानीको गोलमा उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टुट्यो विश्वकप सपना

काठमाडाैं, असार १७ ।  एडिन्सन काभानीको २ गोलमा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको सातौं मिनेटमा गोल गर्दै काभानीले अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुुगललाई बराबरीमा फर्काएका थिए ।

तर फेरि काभानी चम्किए । बराबरी भएको सात मिनेटमै उरुग्वेले उनको गोलमा अग्रता लियो । त्यसपछि थप दवाव बढाए पनि उरुग्वेका डिफेन्डरसामु पोर्चुगलको केहि चलेन । समूूह चरणमा कुुनै गोल नखाएको उरुग्वेले यो खेलमा पनि उत्कृष्ट बचावट ग¥यो । समूह ए को विजेता उरुग्वेले बी को उपविजेता पोर्चुुगललाई ४६ वर्ष पछि भएको भेटमा निराश बनाएर घर फर्कायो । उरुग्वेले सन् १९३० र १९५० मा विश्वकपको उपाधि जितेको थियो ।

सन् १९८६ मा विश्वकपमा अन्तिम १६ को फरम्याट लागु भए यता उरुग्वे पाँच पटक अन्तिम १६ मा पुगेको थियो । तर यसअघिका चार पटकको अनुभव त्यति राम्रो छैन । सन् २०१० मा क्वाटरफाइनल पुुगेको थियो भने तीन पटक नकआउट चरणबाटै बाहिरिएको थियो । सन् १९८६, १९९० र २०१४ मा भने अन्तिम १६ भन्दा अघि जान सकेको थिएन । उरुग्वे विश्वकपमा लगातार चार खेलमा जित निकाल्दै दोस्रो पटक यो करामत गर्न सफल भएको हो ।

यसअघि उसले सन् १९३० को विश्वकपमा चार खेल जितेको थियो । पोर्चुगलको भने विश्वकपमा नकआउट चरणको पुरानै नियतीले निरन्तरता पाएको छ । कप्तान क्रिष्टियानो रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन् । यो विश्वकपमा चार गोल गरिसकेका रोनाल्डोको उरुग्वेसँग पराजित भएपछि गोल्डेन बुट र देशलाईै विश्व्कप जिताउने सपना अधुरै भएको छ । सोचीको फिस्ट रंगशालामा स्पेनसँगको खेलमा ह्याट्रिक गरेका रोनाल्डोका लागि नकआउट चरणमा भने यो रंगशाला पनि फापेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =