चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक : मेडिकल कलेजलाई सहजै सम्बन्धन

काठठमाडाैं, असार १७ । काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाइने

आफ्नै अस्पताल नभए पनि कलेज खोल्न आशयपत्र दिन सकिने

सीटीईभीटीको सम्बन्धनमा चलखेल गर्न चिकित्सा शिक्षाको परिभाषा नै परिवर्तन

सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाइयो

सरकारले सत्तारूढ दलका नेता तथा कार्यकर्ताको स्वार्थ पूरा हुने गरी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था राखिएको विधेयक शुक्रबार संसद्मा दर्ता गरेको छ ।

विधेयक सर्वसाधारणलाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सहज र सुलभ बनाउनेभन्दा पनि कलेज सञ्चालकलाई फाइदा पुग्ने गरी ल्याइएको छ । आफ्नै अस्पताल नभए पनि मेडिकल कलेज खोल्न आशयपत्र दिन पाउने व्यवस्थाविधेयकमा गरिएको छ ।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेको हो । काठमाडौं उपत्यकामा पनि मेडिकल कलेज खोल्न आशयपत्र दिन सक्ने व्यवस्था गरिएको छ ।,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *