साहित्यकार रिसालको दोस्रो कृति ‘आहा फूल’ सार्वजनिक

काठमाडौं, असार १७ ।  साहित्यकार कौशिला रिसालको किशोर कथा संग्रह ‘आहा फूल’को शनिबार विमोचन भएको छ । काठमाडाैंकाे नयाँ बजार स्थित आधारशिला कलेजको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन गरिएको हो ।

साहित्यकार माया ठकुरी, पूर्विय वाङ्मयका अध्यता तिलक लुईंटेल, प्राध्यापक डा. भगवान चन्द्र ज्ञवाली लगायतले कृतिको एकैसाथ विमोचन गर्नु भएको हो ।  किशोर कथा संग्रह आहा फूलको समीक्षा गर्दै तिलक लुईंटेलले किशोरहरुको लागि लक्षित गर्दै कथा लेख्ने चलन त्यति नभएको समयमा रिसालले नयाँ शुरुवात गर्नुभएको बताउनुभयो । कथासंग्रह समय सान्दर्भिक र किशोरहरुको लागि उपयोगि हुने उहाँको भनाई थियो ।


यस्तै, प्राध्यापक डाक्टर भगवानचन्द्र ज्ञवालीले साहित्यकार रिसालका कथा मिठा, सरल र बुझ्न सकिने खालका रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी कथाकार माया ठकुरीले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न आहा फूल सफल हुने विश्वास व्यक्त गर्नु भयो । कथाहरु मार्फत किशोर, किशोरीलाई नैतिक शिक्षा दिन कृती सफल हुने उहाँले बताउनुभयो ।

कथाकार रिसालले आफूले शिक्षण पेशामा देखेका, भोगेका र सुनेका विषयहरुलाई कथामा उतारिएको अनुभव बताउनुभयो । कार्यक्रममा साहित्यकार दुर्गा तिवारी, रविन्द्र आशिष शैलि,सुनिल पुरी, भूवन सिवाकोटी, निर्मल पराजुली, देवकी तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो । साहित्यका रिसालको यो दोस्रो कृति हो । यसअघि उहाँको बालकथासंग्रह नयाँ बर्षको उपहार प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *