रुस विश्वकपमा आज दुई खेल, कुन खेल कुन समयमा तालिकासहित

काठमाडाैं, असार १७ ।  रुसमा जारी विश्वकप फुटबलमा आज राति दुई खेल हुदैछ । नकआउट चरण अन्तर्गत आज राति स्पेन र आयोजक रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । स्पेन समुह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने रुस समुह एको उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो ।

अर्को खेलमा प्रतिस्पर्धा गर्न लागेका क्रोएसिया र डनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । क्रोएसिया समुह डीको विजेताको रुपमा प्रि क्वार्टरफाईनल प्रवेश गरेको हो भने डेनमार्क समुह सीको उपविजेताको रुपमा क्रोएसियासंगको भिडन्त पक्का गरेको हो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *