विश्वकप फुटबल: उरुग्वेद्धारा पोर्चुगल पराजित, रोनाल्डोको विश्वकप यात्रा सकियो

काठमाडाैं, असार १७ ।  विश्वकप फुटबलको नकआउट चरणको दोस्रो खेलमा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गरेको छ । फ्रान्सेली क्लब पीएसजीका स्टार इडिन्सन काभानी चम्किएपछि उरुग्वेले युरोकप विजेता पार्चुगललाई हराएको हो ।

जितपछि उरुग्वे क्वार्टरफाईनलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । हारसंगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । योसंगै स्पेनिस सुपरस्टार क्रिस्टियानो रोनाल्डोको रुसी विश्वकप यात्रा सकिएको छ ।

खेलको ७ औ मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लुईस सुआरेजको पासमा उत्कृष्ट हेड गोल गर्दै काभानीले उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

तर ५६ औ मिनेटमा हेडमार्फत गोल गर्दै पोर्चुगलका पेपेले खेल बराबरीमा ल्याएका थिए । उनले पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् । तर ६२ औ मिनेटमा इडिन्सन काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई क्वार्टरफाईनलको यात्रा गराए ।

जितपछि उरुग्वे अन्तिम ८ मा पुग्ने दोस्रो टोली बनेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *